काठमाडौं – हिन्दु महिलाहरुको महान् चाँडको रुपमा मनाइने तीज पर्बमा गीत सङ्गीतको पनि आफ्नै स्थान रहदै आएको छ । यसै मेसोमा रेखा पौडेलको सङ्गीत र स्वरमा ‘उनकै सपनी’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ । गीतलाई सुजन अधिकारीले लेखेका हुन् ।
बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा मोडेल अञ्जलि अधिकारी र सुजन अनिमेष अधिकारीले कम्मर मर्काएका छन् । ‘यस पालीको तीजमा मौलिक नेपाली तीज गीत लिएर आएकी छु, यतिवेला राम्रै चर्चा पाइरहेको छ, खुशी लागेको छ’, रेखाले भनिन् । बासु बरालको छायाँकन, विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विकले सम्पादन गरेका छन् ।