Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रेखाको स्वर र सङ्गीतमा : उनकै सपनी

Wednesday, August 9, 2017 National Power

काठमाडौं – हिन्दु महिलाहरुको महान् चाँडको रुपमा मनाइने तीज पर्बमा गीत सङ्गीतको पनि आफ्नै स्थान रहदै आएको छ । यसै मेसोमा रेखा पौडेलको सङ्गीत र स्वरमा ‘उनकै सपनी’ बोलको नयाँ तीज गीत सार्बजनिक भएको छ । गीतलाई सुजन अधिकारीले लेखेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा मोडेल अञ्जलि अधिकारी र सुजन अनिमेष अधिकारीले कम्मर मर्काएका छन् । ‘यस पालीको तीजमा मौलिक नेपाली तीज गीत लिएर आएकी छु, यतिवेला राम्रै चर्चा पाइरहेको छ, खुशी लागेको छ’, रेखाले भनिन् । बासु बरालको छायाँकन, विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मिलन विकले सम्पादन गरेका छन् ।