Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अस्मिताले लिएर आईन जो मादलको धुन्न

Wednesday, August 2, 2017 National Power

तीज आउन अव केही दिन मात्रै वाँकी छ तीजलाई रंगीन वनाउन महिलाहरुले कुनै कसर छाडेका हुँदैनन् , तीज भन्ने वितिक्कै घर माईतीकै कुरा चलेका हुन्छ्, सासु ससुरा, नन्द देवर, आदि ईत्यादी आफ्नै विचका पैठेजोरी पनि चलेकै हुन्छ । टाढा टाढाबाट माईतीघर आउन पाउनेको खुशी र आउन नपाउनेहरुको विलौनालाई गीत वनाई प्रस्तुत गर्नै प्रचलन हाम्रो नेपाी समाजमा प्रख्यात रहेकोछ ।बिशेष गरी तीजगीत भन्नाले महिलाहरुले मात्रै गाउने प्रचलनमा थियो तर पछिल्लो समय यस्तो परम्परा तोडिएकोछ । तीज गीतमा जुहारी हुन थालेकोछ यस्ले संस्कृतिमा कत्तिको असर परेको छ वा छैन यो सरोकारवालाहरुले ने वुझ्ने कुरा हो ।

यस पटक तीज गीतलाई तीजलाई लक्षित गरी विभिन्न गायक गायिका हरुले तीज भाकाका गीतहरुलाई वजारमा ल्याउने क्रममा प्रतिभावान गायिका अस्मिता रानामगर र गायक हरि वहादुर काफ्ले मगरले तीजको नयाँ कोशेली जोर मादलको धुन्न लिएर दर्शक श्रोताको विचमा आएका छन् ।


मालती डिजिटलको प्रस्तुती रहेको  हरि वहादुर काफ्ले मगरको शव्द र तीर्थ विरक्त पाख्रीनको लय सकलनमा तयार भएको गीतको भिडियोलाई विजय वुद्ध मगरले निर्देशन गरेका छन् ।


बहुप्रतिभाको भनी अस्मिता स्वयंले गीतमा कम्मर मर्काएकी छिन् भने उनलाई साथ दिने कलाकारहरुमा मनोज वराल र राजन मगराती रहेका छन् ।