Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वर्षायाममा पानी परेसँगै काठमाडौंका सडक अस्तव्यस्त

Sunday, July 30, 2017 National Power

१५ साउन, ललितपुर – वर्षायाममा पानी परेसँगै काठमाडौंका सडक अस्तव्यस्त हुने गरेका छन्। सडकमा पानी जम्ने समस्याका कारण सर्वसाधारणले अनेक सास्ती व्यहोर्नुपर्छ।

सडकलाई विकासको मेरुदण्डका रुपमा लिने गरिए पनि राजधानीमा नै सर्वसाधारणले यस्तो समस्या भोग्नु परेको पैदलयात्री बताउछन ।
वर्षाका कारण कच्चि सडकमा हिलाम्य भएर हिडडुल समेत गर्न नसकिने र पैदलयात्री दैनिकी कष्टकर बनेको छ । वर्षातका कारण सडकमा पानी जम्ने समस्या एकातिर छ भने अर्को तिर कालोपत्रे गरेको सडकमा पनि खाल्डा खुल्डीले गर्दा यात्रुलाई सास्ती भएको छ ।

विजुली, टेलिफोन, खानेपानी,ढलविकास लागयतका विभिन्न निकाय विच समन्वय हुन नसकेका कारण राजधानीको सडक कुनै विकट क्षेत्रका सडक हुन् कि भन्ने आभाष जनताले गरेका छन् जसका कारण हिंडडुलमा समस्या एकातिर छन् भने अर्कोतिर सवारी साधनहरु पनि जोखमयूक्त यात्रा गर्न विवस छन् ।


जव पर्यो राती …..भने झै जव वर्षा लाग्छ तव ठेकेदार र सम्वन्धित निकाय आपसी तालमेल मिलानमा लागेर जनचासोका विषयमा संधै कुठाराघात भएको गुनासो जनताको रहेकोछ ।कच्ची बाटो हिलाम्मे भएर अवरुद्ध हुन त स्वभाविक जस्तै भए पनि कालोपत्रे भएका सडकमा पनि खाल्डा परेका छन् भने अधिकांश सडकमा पानी जमेर पैदल यात्रीलाई समस्या भएको हो । विकासका कार्य आफैमा नराम्रो होइन तर यहाँ वर्षायातको समयमा सडकको कार्य तिव्र गतिमा भइदिएको भए आम जनताको सोच नेताप्रति सकारात्मक हुने स्रोतले जनाएको छ ।

-समिर लामा