Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जिप दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

Friday, July 28, 2017 National Power

१३ साउन, बारा – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा शुक्रबार बिहान जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

माछा राखेर काठमाडौँतर्फ गइरहेको ग२च २३२० नं को बोलेरो पिकअप जिप सो राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोड–९ बस्ने ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमा मृत्यु भएको हो । जिप चालक चितवन, भरतपुर–७ बस्ने ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते भई हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।