Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

Wednesday, July 26, 2017 National Power

११ साउन, बारा – एक युवकले बारामा गएराति श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन् । कलैया उपमहानगरपालिका–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको र त्यसकै कारण उन्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।कृष्ण फरार रहेको र उनको खोजी भइरहेको बाराका प्रहरीले बताएका छन। उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखिएको छ ।