Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कांग्रेस नेता बास्तोला अस्पताल भर्ना

Saturday, July 22, 2017 National Power

७ साउन, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता चक्र बास्तोलालाई अस्पताल भर्ना गरिएको छ । पक्षघात भएपछि झण्डै साढे ४ वर्षदेखि घरमै उपचार र आराम गर्दै आएका बास्तोलालाई केही दिनदेखि न्युरो अस्पताल बाँसबारी भर्ना गरिएको हो ।

पक्षघात भएपछि बास्तोलालाई विराटनगर, काठमाडौं र भारतमा समेत उपचार गराई पछिल्लो समय चिकित्सक र नर्सको सुविधासहित घरमै राखिएको थियो ।

उनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायत नेता अस्पताल जाने भएका छन ।