६ साउन, दाङ – शुक्रबार बिहान दाङको भालुवाङमा स्कुटर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट एक किलोमिटर उत्तर प्यूठान जाने सडकमा लु ३२ प ९४८ स्कुटर दुर्घटना हुँदा चालक र पछाडी बसेका दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताएको छ । दुर्घटनामा ज्यान गुमाउने दुवैजना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।