Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

लागुऔषधसहित दुईजना पक्राउ

Wednesday, July 19, 2017 National Power

४ साउन, भक्तपुर – अबैध लागुऔषधसहित दुई जनालाई महानगरीय प्रहरी बृत्त थिमिले पक्राउ गरेको छ । प्रहरीले मंगलबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट लागुऔषधसहित रामेछाप गोठपाने घरभई अहिले ललितपुर टिकाथली बस्ने २२ वर्षका सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षका प्रविण लामालाई पक्राउ गरेको हो ।

बा ४० प ७५५८ नम्बरको स्कुटरमा राखेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले जानकारी दिए । प्रहरीले कार्की र लामाको साथबाट एम्पुल लुपिजेसिक, फेनारगन, डाईजाल्याब, ८३ थान एभिल, २५० थान एपाकडोल, ५३ थान अल्कोहल स्वाब, ६ वटा सिरिञ्ज र दुईवटा मोवाइल बरामद गरेको हो । प्रहरीले स्कुटर समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ भने पक्राउ परेका दुवैलाई लागु पदार्थ ऐन अन्तर्गत कारबाही चलाउने प्रहरीले बताएको छ।