Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

लागुऔषधसहित दुईजना पक्राउ

Wednesday, July 19, 2017 National Power

४ साउन, भक्तपुर – अबैध लागुऔषधसहित दुई जनालाई महानगरीय प्रहरी बृत्त थिमिले पक्राउ गरेको छ । प्रहरीले मंगलबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट लागुऔषधसहित रामेछाप गोठपाने घरभई अहिले ललितपुर टिकाथली बस्ने २२ वर्षका सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षका प्रविण लामालाई पक्राउ गरेको हो ।

बा ४० प ७५५८ नम्बरको स्कुटरमा राखेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले जानकारी दिए । प्रहरीले कार्की र लामाको साथबाट एम्पुल लुपिजेसिक, फेनारगन, डाईजाल्याब, ८३ थान एभिल, २५० थान एपाकडोल, ५३ थान अल्कोहल स्वाब, ६ वटा सिरिञ्ज र दुईवटा मोवाइल बरामद गरेको हो । प्रहरीले स्कुटर समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ भने पक्राउ परेका दुवैलाई लागु पदार्थ ऐन अन्तर्गत कारबाही चलाउने प्रहरीले बताएको छ।