३ साउन, महोत्तरी – महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा मंगलबार बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन् ।
महोत्तरीको भंगहा गाउँका २४ वर्षीय रम्पल यादव, एकडारा गाउँका ३२ वर्षीया नसिमा खातुन, २९ वर्षीय उत्तमकुमार मण्डल र भारत विहार राज्यको सीतामढी जिल्लाका यद्युपट्टि बस्ने ६० वर्षीय समसुल हक र मतौना देवारी बस्ने १२ वर्षीय मेहताव अन्सारी रहेका जिल्ला अस्पतालले जनाएको छ।
उनीहरुमध्ये तीनजनालाई तराईमा जताततै पाइने विषालु सर्प गोमन र दुईजनालाई करैतले डसेको उनका आफन्तले बताएका छन् ।मंगलबार बिहान ५ बजेदेखि नै जिल्ला अस्पतालमा एकपछि अर्को गरी धमाधम उपचारका लागि आएको जनाइएको छ ।महोत्तरीमा अहिले अत्यधिक गर्मी बढ्न थालेका कारण जिल्ला अस्पतालमा दैनिक सर्पदंशका १२ देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नागेन्द्र यादवले बताए ।