१ साउन, डडेल्धुरा – माछा मार्ने क्रममा डडेल्धुराका एक जना नदीले बगाउदा वेपत्ता भएका छन् । बैतडी र डडेल्धुराको बीचमा पर्ने सोर्नाया नदीमा माछा मार्न जाँदा नदिले बगाएर जिल्लाको अजयमेरु गाउँपालिका ६ राजुलका अन्दाजी ३३ वर्षीय राज मल्ल वेपत्ता भएका हुन् ।
नदीमा माछा मार्न जादा मल्ललाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको खोजी गर्नको लागि प्रहरी टोली घटना स्थल तिर गएको प्रहरीले जनाएको छ ।