Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अज्ञात समूहको गोली लागी एक घाइते

Thursday, July 13, 2017 National Power

२९ असार, विराटनगर-विराटनगरको मुनाल पथमा बिहीबार बिहान अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक महिला घाइते भएकी छन् । उदयपुर बेलटार घर भई उपचारका लागि विराटनगर आएकी ४७ वर्षीया टिनादेवी बिष्टलाई अज्ञात समूहले बिहान ५ बजे गोली प्रहार गरेको हो ।

उनको घुँडामा गोली लागेको र उनी अवस्था सामान्य रहेको छ ।सामान्य अवस्थामा रहेकी महिला अहिले विराटनगरस्थित बिराटन नर्सिङ होममा उपचार भइरहेको छ ।

मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको र उनको साथवाट नगद ११ हजारसमेत लुटेर लगेको घाइते बिष्टले जानकारी दिइन् । यसबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिए ।