Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

यात्राका क्रममा बेहोस भएको व्यक्तिको मृत्यु

Wednesday, July 12, 2017 National Power

२८ असार, चितवन – माडी स्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोश भएका एक व्यक्तिको मृत्यु भएको छ। गाडीमा यात्रा गर्दैगर्दा बेहोश भएका माडी नगरपालिका–९ का दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा मृत्यु भएको हो। भट्ट गत सोमबार दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए। उनी कामको सिलसिलामा माडी नगरपालिकामा आउँदै थिए। एमाले माडी नगरकमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको वसन्तपुमा आइपुग्दा सबै यात्रु झरे पनि उनी नझरेपछि हेर्दा बेहोश देखेर तत्कालै अस्पताल लगिएको इलाका प्रहरी कार्यालय माडीले बताएको छ ।