२८ असार, चितवन – माडी स्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोश भएका एक व्यक्तिको मृत्यु भएको छ। गाडीमा यात्रा गर्दैगर्दा बेहोश भएका माडी नगरपालिका–९ का दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा मृत्यु भएको हो। भट्ट गत सोमबार दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए। उनी कामको सिलसिलामा माडी नगरपालिकामा आउँदै थिए। एमाले माडी नगरकमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको वसन्तपुमा आइपुग्दा सबै यात्रु झरे पनि उनी नझरेपछि हेर्दा बेहोश देखेर तत्कालै अस्पताल लगिएको इलाका प्रहरी कार्यालय माडीले बताएको छ ।