Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

इराकी प्रधानमन्त्री मोसुलमा

Monday, July 10, 2017 National Power

२६ असार – इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गरेका छन। मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ । प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि सुरक्षाकर्मीलाई बधाई दिनका लागि मोसुलको भ्रमण गरेको प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सन् २०१४ को जुनमा आइएसले मोसुल आफ्नो कब्जामा लिएको थियो । तर अहिले मोसुलको धेरै जस्तो भाग अमेरिकी हवाई सेनाको सहयोगमा इराकी सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।