Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

Sunday, July 2, 2017 National Power

१८ असार, डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले चार, एमाले दुई र माओवादी केन्द्रले एक तहमा विजयी प्राप्त गरेका छन्। नेपाली कांग्रेसले एक नगर र तीन गाउँपालिकामा जितेको छ। यस्तै एमालेले एक नगर र दुई गाउँपालिकामा विजय हासिल गरेको छ भने माओवादी केन्द्र एक गाउँपालिकामा निर्वाचित भएको छ।
अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजय भएका छन्। अमरगढी नगरपालिकाका कुल मतदाता ११ हजार ७ सय ८३ मध्ये ८ हजार ७ सय मत मात्रै खसेको थियो। अमरगढी नगरपालिकामा एमालेले ४, ५, ७, ९, १० र ११ वडामा विजयी हासिल गरेको छ।त्यस्तै १, २, ३, ६ र ८ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। परशुराम नगरपालिका परशुराम नगरको प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन। नगरप्रमुखमा कांग्रेसका भीमबहादुर साउद र उपप्रमुखमा कांग्रेसकी कलावतिदेवी बोहरा विजयी भएकी हुन्। परशुराम नगरपालिकामा माओवादी केन्द्रले ६, कांग्रेसले ४ र एमालेले २ वडामा जितेको छ। आलिताल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। भागेश्वर गाउँपालिका भागेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ। गन्यापधुरा गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिकाकामा नेपाली कांग्रेस विजयी भएको छ।अजयमेरु गाउँपालिका अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेका छ। अध्यक्षमा उमेश भट्ट ‘विकास’ विजयी भएका छन्। नवदुर्गा गाउँपालिका नवदुर्गा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको छ। ५२ वडा रहेको डडेल्धुरामा एमाले १९ कांग्रेस १७ माओवादी १६ स्थानमा विजयी हासिल गरेको छ ।