Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

अछाम र बझाङमा झडप, दुई केन्द्रमा मतदान अवरुद्ध

Wednesday, June 28, 2017 National Power

१४असार, अछाम – राजनीतिक दलहरुबीचको झडपका कारण अछाम र बझाङका दुई केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएको छ । झडपमा कांग्रेस उम्मेदवार प्रेम खड्का समेत घाइते भएका छन् । एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप छ । जयपृथ्वी नगरपालिकाकै अर्को मतदान केन्द्रमा रहेका अनेरास्ववियुका महासचिव ऐन महरले भने सामान्य विवादमा झडप भएको र मतदान सुचारु गर्न वार्ता भइरहेको बताएका छन् ।

यस्तै अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

स्थिति तनावपूर्ण भएपछि मतदान कार्य स्थगित भएको छ । मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ । यसैबीच मेल्लेख गाउँपालिका वडा नम्बर ७ दुर्गा मावि मतदान केन्द्रमा केरमेट गरिएका मतपत्र वितरणपछि अवरुद्ध भएको मतदान प्रक्रिया सुचारु भएको छ । मतदान अधिकृत अमरवहादुर स्वाँरले केरमेट गरेको मतपत्र बाँडेको भन्दै बिरोध भएको थियो ।