Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पाल्पामा मनोनयन दर्ता गराएका ८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

Wednesday, June 21, 2017 National Power

७ असार, पाल्पा – पाल्पामा असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका ८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

माथागढी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेवी सोमै र उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी वेदकुमारी गाहा थापाले मनोनयन फिर्ता लिएका छन् । माथागढी, २ मै वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार भागिरथ भट्टराईले पनि फिर्ता लिएको निर्वाचन अधिकृत डोलराज ढकालले बताए ।

त्यसै गरी रम्भा गाउँपालिकाबाट पनि तीन जना स्वतन्त्र सदस्य उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमन बहादुर सारुका अनुसार रम्भा, ३ बाट स्वतन्त्र सदस्यमा उम्मेदवारी दिएका धनबहादुर चिदी, गम्भिरसिं सिंजाली र शान्तिदेवी सिंजालीले मनोनयन फिर्ता लिएका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट तानसेन नगरपालिका, ४ वडाअध्यक्षका उम्मेदवार विष्णुप्रसाद अधिकारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन, ६ की राप्रपाकी वडा सदस्य उम्मेदवार मुना सार्कीले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकाको दलित महिला सदस्यमा दुई जना निर्विरोध भएको जनाएको छ । पूर्वखोला गाउँपालिका, ४ देवीनगरकी लक्ष्मी विकको एकल उम्मेदवारी परेको छ । उनले एमालेबाट उम्मेदवार दिएकी हुन् ।

यस्तै, निस्दी गाउँपालिका, ३ झिरुवासमा समेत एमालेबाट कुमारी विकको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले बताए ।