Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

८ घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

Sunday, June 18, 2017 National Power


४ असार, चितवन – चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत कालिखोलामा सुख्खा पहिरो खसेर बिहानैदेखि बन्द भएको यातायात सञ्चालनमा आएको छ। दुई वटा डोजरले पहिरो पन्छाएर ८ घण्टापछि सडक खुलेको हो। बिहान पौने १२ बजेबाट बाटो खुलेको चितवन प्रहरीले जनाएको छ। अहिले गाडीहरू गन्तव्यतर्फ जान थालेपछि लामो लाइन भएकाले यातायात सहज हुन अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ। ईच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ मा राति साढे ३ बजेको समयमा कालिखालामा खसेको सुख्खा पहिरोका कारण बाटो बन्द भएको थियो। चितवनको मुग्लिन नारायणगढ सडक विस्तारको क्रममा रहेकाले यहाँका विभिन्न ठाउँमा काटिएको भित्तोमा पहिरो खस्ने क्रम जारी छ।