Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नायिका जस्ती गायिका शुशिला पाठक

Tuesday, June 13, 2017 National Power

काठमाडौँ – झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक l सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि भने बिधिबत रुपमानै  ब्यबसायिक गायिकाको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन। संगीतकार शिला बहादुर मोक्तान तथा मनोज राज सिवाकोटी बाट गित संगीत सिकेकी सुशिला छ्टो समयमा नै चर्चा कमाउन सफल भएकी छिन l पुर्बका हरेक कार्यक्रमा आफ्नो सुमधुर आवाज, जादुमय नृत्य, चिटिक्क मिलेको शरीर तथा सुन्दर मुहारको कारणले चर्चाको शिखरमा पुग्न तथा पुर्बको ढुक ढुकी बन्न सफल गायिका अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाउदै गएकी तथा नेपाल भित्र मात्र नभएर बिदेशमा समेत दर्जनौ कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्दै लाखौ नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल हुदै  गएकी छिन l  गायिका शुशिला सांगीतिक क्षेत्रमा उदाउदो नक्षत्रको रुपमा सांगीतिक प्रेमी नेपालीहरु बीच परिचित हुदै गएकी पनि छिन l

दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन प्रयासरत गायिका शुशिलाको आवाज भने जादुमय रहेको छ l  त्यसो त गायिका शुशिलाको आवाजमा मिठास त छदै छ, त्यो भन्दा अझ उनको सुन्दरताले गर्दा उनि नायिका जस्ती गायिका बन्न सफल भएकी छिन l उनिमा हर किसिमको गित गाउने क्षमता हुनको साथै नृत्यमा पनि त्यतिकै पोख्त छिन l रोमाण्टिक गित,आधुनिक गित, क्लाबिंग गित, लोक पप तथा अन्य सबै खाले गित गाउने गायिका सुशिलामा हर प्रकारका गित गाउन सक्ने क्षमता छ l उनि भन्छिन म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु l

चाडैनै नेपाली सांगीतिक बजारमा आफ्नो बहु प्रतिक्षित एल्बम लिएर आउन लागेकी शुशिलाको उक्त एल्बममा जम्मा ६ वटा गितहरु समाबेश हुने छ l सबै गितहरु उत्तिकै मेहनत गरेर बनाईएको हुदा सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल हुने कुरामा शुशिला ढुक्क छिन l आफ्नो सांगीतिक यात्रा संग संगै सामाजिक कार्यलाइ समेत निरन्तरता दिदै आएकी शुशिला भोलिको दिनमा एक राम्रो समाजसेवी भएर राष्ट्रको सेवा पनि गर्न चाहन्छिन l ब्रिटिस गोर्खा नेप्लिज काउन्सिल नेपालको संगीत बिभाग प्रमुख समेत रहेकी गायिका शुशिला नेपाली सांगीतिक क्षेत्रलाइ थप उचाईमा पुर्याउन हरदम प्रयासरत छिन l

आफुलाइ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकि पनि धनि छिन l सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनि गायिका सुशिलाले धेरै कार्यक्रममा सम्मान समेत पाइसकेकी छिन l उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका तथा मोडल शुशिला भन्छिन नेपाली गित संगीत तथा सस्कृति भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि हो l

  • सुर्य चन्द