२८ जेठ, काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी ऐनको संशोधित विधेयक तयार पार्न ढिलाई गरेका कारण संसद बैठक सुरु हुन सकेको छैन। आइतबार लागि बोलाइएको संसद बैठक सरकारले संशोधित विधेयक ल्याउन ढिलाई गरेका कारण बैठक बस्न सकेको छैन। संशोधित विधेयक नआइसकेकाले बैठक ढिला भएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए। विधेयक आइपुग्ने वित्तिकै बैठक सुरु हुन्छ उनले भने। राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी हुने वातावरण बनाउन भन्दै मन्त्रिपरिषदको आइतबारको बैठकले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गर्ने निर्णय गरेको छ। राजपाको दल दर्ता र चुनाव चिन्ह सम्बन्धी समस्या समाधानका लागि ऐन संशोधन गर्न लागिएको हो।