Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

संशोधन विधेयक ल्याउन नसक्दा संसद बैठक ढिलाई

Sunday, June 11, 2017 National Power


२८ जेठ, काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी ऐनको संशोधित विधेयक तयार पार्न ढिलाई गरेका कारण संसद बैठक सुरु हुन सकेको छैन। आइतबार लागि बोलाइएको संसद बैठक सरकारले संशोधित विधेयक ल्याउन ढिलाई गरेका कारण बैठक बस्न सकेको छैन। संशोधित विधेयक नआइसकेकाले बैठक ढिला भएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए। विधेयक आइपुग्ने वित्तिकै बैठक सुरु हुन्छ उनले भने। राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी हुने वातावरण बनाउन भन्दै मन्त्रिपरिषदको आइतबारको बैठकले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गर्ने निर्णय गरेको छ। राजपाको दल दर्ता र चुनाव चिन्ह सम्बन्धी समस्या समाधानका लागि ऐन संशोधन गर्न लागिएको हो।