Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

तेह्रथुमको फेदाकमा काँग्रेसको बागी उम्मेद्वारी

Monday, June 5, 2017 National Power

तेह्रथुमको फेदाक गाउँपालिकामा नेपाली काँग्रेसका बागी उम्मेद्वार महेन्द्र कुमार फाम्बो

२२ जेठ, तेह्रथुम – दोश्रो चरणमा हुन गईरहेको स्थानीय तहको निर्वाचनको उम्मेद्वारी लागि रस्साकस्सी देखिएको छ । यस्तै एउटा उदाहरण तेह्रथुमको फेदाक गाउँपालिका पनि देखिने भएको छ ।

स्थानीयमाझ लोकप्रिय पुराना नेता महेन्द्र कुमार फाम्बोले उक्त गाउँपालिकामा नेपाली काँग्रेसको बागी उम्मेद्वारको रुपमा आफुलाई प्रस्तुत गर्ने भएका छन् । पार्टीले उक्त गाउँपालिकाबाट पहुँचका आधारमा केशव भेटवाललाई टिकट दिने भएपछि रुष्ट भएका स्थानीय काँग्रेस नेता तथा कार्यकर्ताको आग्रहमा फाम्बोले उम्मेद्वारी दिने भएका हुन् ।

स्थानीय स्तरमा कुनै पनि प्रभाव नभएका भेटवाललाइ पार्टीले टिकट दिने भएपछि स्थानीय काँग्रेसका भोटर पनि तेह्रथुम काँग्रेससंग रुष्ट भएका थिए । पैसा र केन्द्रमा भएको पहुँचका आधारमा भेटवालले टिकट लिएको उनीहरुको आरोप छ । यस्तोमा नेपाली काँग्रेसको झण्डामुनी राजनीति गर्ने भएपनि माओवादी र एमाले लगाएत अन्य पार्टीको पनि भोट तान्न सक्ने व्यक्तित्व भएका फाम्बोलाइ स्थानीय कार्यकर्ता र जनताको अनुरोधमानै बागी उम्मेद्वारको रुपमा अघि सार्न लागिएको स्थानीयले बताएका छन् ।

फाम्बोलाई फेदाकमा निस्वार्थी समाजसेवीको रुपमा पनि चिनिन्छ ।