Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

एमालेद्धारा संसद बैठक अवरुद्ध, २१ गते सम्मका लागि स्थगित

Thursday, June 1, 2017 National Power

१८ जेठ, काठमाडौं – व्यवस्थापिका-संसदको बैठक बिहीबार पनि स्थगित भएको छ । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन पनि सदन अवरोध गरेको हो ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसद्को कामकारवाही अघि बढ्न नसक्ने भन्दै बैठक आगामी जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गरिन ।
बिहीबारको बैठकमा बहुमतका आधारमा प्रधानमन्त्रीको चुनाव गर्ने सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र आगामी आर्थिक वर्षको सरकारको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।