१८ जेठ, काठमाडौं – कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतमा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ ।
वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव गरिएको छ । मस्यौदामा आपत्ति जनाउँदै बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ ।
मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समेत माग्ने भएको छ ।