Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

आज देशभर गणतन्त्र दिवस मनाइदै

Monday, May 29, 2017 National Power

 १५ जेठ, काठमाडौं – वि.सं.२०६५ साल जेठ १५ गते ऐतिहासिक संविधान सभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो।

वि.सं. २०६२/६३ को जनआन्दोलन जगमा गणतन्त्र घोषणा गरेको त्यो ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम मनाइन्छ ।

राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्दै मुलुकको प्रमुख पदमा जनताबाट निर्वाचित प्रतिनिधि रहने व्यवस्था गरिएको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउँदै आइएको छ।

नेपाली गणतन्त्र नवौँ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको छ ।