Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम

Sunday, May 28, 2017 National Power

१४ जेठ, धनुषा – जिल्ला निर्वाचन कार्यालयले बदर मत घटाउनको लागि मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा धेरै मत बदर भएकोले यही जेठ ३१ मा हुने स्थानीय तहको चुनावमा बदर मत घटाउन कार्यक्रमलाई तीव्रता पारिएको छ।

स्थानीय तहको चुनावमा उम्मेदवारहरु धेरै हुँदा मतपत्र धेरै लामो हुँने भएकोले बदर मत बढ्ने शंका जिल्ला निर्वाचन कार्यालयको छ । सोही अनुसार मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । यसपटक बदर मत घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।

गत संविधानसभाको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा ५ प्रतिशत, २ मा ६.४७ प्रतिशत, ३ मा ४.४२ प्रतिशत, ४ मा ६.१७ प्रतिशत, ५ मा ५.२१ प्रतिशत, ६ मा ७.५५ प्रतिशत, ७ मा ६.९६ प्रतिशत मत बदर भएको थियो ।