१४ जेठ, चितवन – भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो अग्रता कायम राखेका छन । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा उनको अग्रता घट्दै गएको छ ।
वडा नम्बर १८ को मतगणना सकिँदा देवी ज्ञावली माओवादी केन्द्रकि मेयर पदकी उम्मेदवार रेणु दाहाल भन्दा १२ सय १९ मतले अगाडि छिन ।
वडा नम्बर १८ वडा अध्यक्षसहित तीन सदस्यमा कांग्रेस विजयी भएको छ भने एक सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । उपमेयरमा भने कांग्रेसकी पार्वती शाहको अग्रता कायम छ । अब वडा नम्बर १९, २० र २१ को मत गन्न बाँकी छ ।
मेयर
(एमाले)देवी ज्ञवाली – ३९ हजार ५ सय ८५
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३८ हजार ३ सय ६६
उपमेयर
कांग्रेस, पार्वती शाह – ४२ हजार ३ सय ३०
एमाले, दिब्या शर्मा – ३६ हजार २ सय १९