Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

माओवादीले भन्यो – चुनावी नतिजाबाट सन्तुष्ट छौँ

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौँ – सरकारको नतृत्व गरिरहेको माओवादी केन्द्रले पहिलो चरणको स्थानीय तहको निर्वाचनको नतिजाबाट सन्तुष्ट भएको जनाएको छ ।

सोमबार माओवादी हेडक्वाटरमा बसेको बैठकले अस्तव्यस्तताका वावजुत चुनावमा जाँदा आएको यत्तिको नतिजाले सन्तुष्ट हुने ठाउँ रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा माओवादीले जित हासिल गरेको छ । प्रवक्ता भुसालले संख्यामा हेर्दा कम देखिए पनि त्यसलाई प्रदेश र संघको आगामी निर्वाचनको जित्ने आधारको रुपमा लिइएको बताइन् ।
‘४६ स्थानमा हामीले जितिसकेका छौं । ५० स्थानमा दोस्रो भएका छौं । हारेको स्थानमा पनि औसतमा पाँच सय मतअन्तरमात्रै छ,’ प्रवक्ता भुसालले भनिन्, ‘यसलाई आगामी प्रदेश र संघको निर्वाचन जित्ने आधारको रुपमा लिएका छौं ।’

उनले दोस्रो चरणको स्थानीय तहमा निर्वाचनमा बढीभन्दा बढी स्थान जित्नका लागि तयारी गर्ने बताइन् ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनमतको आधारले माओवादी कमजोर नभएको बताए । सिंहदरवारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको प्रचण्डको भनाइ थियो ।