Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आइपीएलको उपाधि मुम्बईलाई, एक रनले पुने पराजित

Monday, May 22, 2017 National Power

८, जेठ   –   इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ। हैदरावादमा राइजिङ पुने सुपर जायन्ट्सलाई एक रनले पराजित गर्दै मुम्बईले तेस्रो पटक उपाधि जितेको हो।

उत्कृष्ट बलिङ गर्दै मुम्बईले १ सय २९ रनको पनि रक्षा गर्‍यो। उसको जितमा अहम भूमिका निर्वाह गर्दै मिचेल जोन्सनले अन्तिम ओभरमा ९ रन मात्रै दिएर दुई विकेट लिए। अन्तिम ओभरमा पुनेलाई जितका लागि ११ रन आवश्यक थियो। तर उसले ९ रन मात्रै जोड्न सक्यो र १ सय २८ रनमै सीमित भयो। कप्तान स्टीव स्मिथले ५१ र अजिङ्क्य रहानेले ४४ रन बनाए पनि हार टार्न सकेनन्।

मुम्बईका लागि जसप्रीत बुमराहले दुई विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले क्रुनाल पाण्डेको ४७ रन मद्दतमा १ सय ४७ रन बनाएको थियो।