Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

बस दुर्घटना हुँदा गर्भवतीसहित दुई जनाको मृत्यु, २० जना घाइते

Saturday, May 20, 2017 National Power

६ जेठ, बारा – बाराको हेटौडा–पथलैया सडकको आदाभार जंगलमा बस दुर्घटना हुँदा गर्भवतीसहित दुई जनाको ज्यान गएको छ । २० जना घाइते भएका छन् ।

त्यस्तै काठमाडौंबाट जनकपुरका लागि छुटेको ना ७ ख १६४१ नम्बरको बस आज बिहान ५ बजेतिर पल्टिएको इलाका प्रहरी कार्यालय सीमराले जनाएको छ ।

दुर्घटनामा ज्यान जानेमा धनुषाको रामपट्टी सिर्सियाकी २५ वर्षकी किरण साह र महोत्तरीको रतौली–६ का बल्ला यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइतको विरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र विरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिइएको छ ।