Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४

Saturday, May 20, 2017 National Power

काठमाडौं , चलचित्र पत्रकार संघ मकवानपुर शाखाले यस वर्षबाट राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । चलचित्र पत्रकारीतामा लामो समय योगदान दिएका एक चलचित्र पत्रकारलाई नगद ११ हजार १ सय ११ राशिसहित सम्मानपत्र, दोसल्ला ओडाएर सम्मान गर्ने भएको हो । जेठ ७ गते चलचित्र पत्रकारिता दिवसको अवसरमा यसवर्ष वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७४ बाट सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए ।

संघले विगत ५ वर्षदेखि चलचित्र पत्रकारितामा कलम चलाउँदै आएका एकजना चलचित्र पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । संघले  यसअघि पत्रकार रामशरण दुलाल, मणिराज गौतम, प्रकाश दाहाल, श्रीराम दाहाललाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरीसकेको छ । यसवर्ष चलचित्र पत्रकारिता पुरस्कारबाट पत्रकार कपिल खड्का र कलाकारीता सम्मानबाट कलाकार भोलाराज सापकोटालाई सम्मान गर्न लागिएको अध्यक्ष गौतमले बताए ।

खड्कालाई नगद ५ हजार रुपैयाँ राशिले दोसल्ला ओडाएर पुरस्कार प्रदान गरिने छ भने कलाकार सापकोटालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरीनेछ । हेटौडा ५ मा रहेको रिगल रिसोर्टमा भब्य समारोहको विच सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।

पत्रकार खड्का टिम टेलिभिजनमा लामो समय देखी कार्यरत छन् भने उनी चलचित्र पत्रकार संघ मकवापनुरको कोषाध्यक्ष हुन् । कलाकार सापकोटा नेपालमा मात्र नभई विश्वभर हिन्दी चलचित्र बर्फी बाट चर्चामा आएका कलाकार हुन् । उनले अभिनय गरेको चलचित्र कुम्भकर्ण प्रदर्शनको लागि तयारीमा छ भने उनि अभिनित आधा दर्जन नेपाली चलचित्र प्रदर्शनमा आइसकेका छन् ।संघले बर्षेनी कलासाहित्य र चलचित्र क्षत्रमा कलम चलाउने १ जना पत्रकार तथा मकवापुर बाट कलाकारिता क्षेत्रमा लागेका १ जना कलाकारलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।