Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भरतपुर महानगरको मतगणना स्थगित, कांग्रेस माओवादीका प्रतिनिधिद्वारा निर्वाचन अधिकृतको राजीनामा माग

Friday, May 19, 2017 National Power

५ जेठ,  चितवन  – भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । कांग्रेस र माओवादीका प्रतिनिधिले पटकपटक प्राविधिक त्रुटी भएको भन्दै असन्तुष्टि जनाएपछि मतगणना स्थगित भएको हो ।

पटकपटक प्राविधिक त्रुटी दोहोरिदा पनि निर्वाचन आयोगले उचित ब्यबस्थापन गर्न नसकेको भन्दै कांग्रेस माओवादीले चितवन जिल्लाका प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।

मतगणना गरिरहेका कांग्रेस माओवादीका प्रतिनिधि नै बाहिर निष्किएर नाराबाजी गरिरहेका छन् । अहिले उक्त विवाद मिलाउन निर्वाचन आयोगका प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिबीच छलफल चलिरहेको छ ।

एमाले उमेदवार देवी ज्ञवालीको पक्षमा १५ हजार १५५ मत खसेको छ ।  माओवादी केन्द्रका तर्फबाट मेयरकी उमेदवार रेणु दाहालले १४ हजार ८०९ मत प्राप्त गरेकी छन् । रेणु माओवादी केन्द्र र कांग्रेस गठबन्द्धनकी उमेदवार हुन् ।