Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

स्थानीय चुनाव जित्ने जनप्रतिनिधिले सपथ लिने बाटो खुल्यो

Tuesday, May 16, 2017 National Power

जेठ २,काठमाडौं–निर्वाचन आयोगले निर्वाचित स्थानीय तहका प्रतिनिधिको सपथ सम्बन्धमा देखिएको अन्योलताबारे निर्णय लिएको छ ।
व्यवस्थापिका संसदमा विचाराधिन रहेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नहुँदा जनप्रतिनिधिको सपथमा कानुनी अ्ड्चन देखिएपछि आयोगले निकास निकालेको हो ।

आयोगले स्थानीय तह निर्वाचन नियमावलीमा संसोधन गरी सपथलाई खुल्ला गरेको हो । स्थानीय तह निर्वाचन नियमालीमा निर्वाचित जनप्रतिनिधिको सपथ स्थानीय तहको शासन सञ्चालन ऐन अनुसार गरिने छ भन्ने उल्लेख छ । सो ऐन नबनेकाले आयोगले स्थानीय तह निर्वाचन नियमावलीको सो प्रावधानमा संसोधन गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

व्यवस्थापिका संसदमा विचाराधिन विधेयकको धारा १७ मा अध्यक्ष तथा प्रमुखले निर्वाचित भएको मितिले ७ दिन भित्र जिल्ला न्यायाधीश समक्ष सपथ लिनुपर्ने उल्लेख छ ।

त्यसैगरी उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सभाका सदस्यले १० दिन भित्र अध्यक्ष तथा प्रमुख संग सपथ लिनुपर्ने व्यवस्था छ ।