Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आंशिक प्राध्यायकद्वारा मासिक ज्यालादारीमा नियुक्त गर्न माग

Tuesday, May 16, 2017 National Power

२ जेठ,काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा कार्यरत नेपाल आंशिक प्राध्यापक सङ्घले सङ्घ आबद्ध प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्न माग गरेको छ ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै उनीहरुले दैनिक ज्यालादारीमा काम गर्दा आफूहरु लाई जीवनयापनमा समस्या भएको जनाएका छन् । सङ्घका अध्यक्ष शशिकुमार शर्माले स्थायी र करार कर्मचारी जत्तिकै आफूहरुले पढाए पनि तलबमा विभेद गरिएको आरोप लगाउनुभयो ।

“हामीले स्थायी र करार प्राध्यापक जत्तिकै त्रिविमा सेवा दिएका छौँ”, उहाँले भन्नुभयो, ‘‘हामीलाई त्रिविले कक्षामा पढाएको पिरियडको मात्र तलब दिएको छ । त्यसले हामीलाई जीवनयापन गर्न समस्या हुन्छ । त्यसैले मासिक ज्यालामा नियुक्त गर्नुपर्छ ।’’

सङ्घका महासचिव नरेन्द्रप्रसाद भण्डारीले मासिक ज्यालादारीको माग गर्दै बिहीबारदेखि आन्दोलन गरिने बताउनुभयो ।

रत्नराज्य क्याम्पसका आंशिक प्राध्यापक घमराज लुइँटेलले एउटै विषय पढाउने एउटा प्राध्यापकको एउटा र अर्को प्राध्यापकको अर्को तलब हुनु विभेद हो भन्दै एउटै समयमा पढाउनेको समान ज्याला हुनुपर्ने बताउनुभयो ।

त्रिविले आंशिक प्राध्यापकलाई प्रति पिरियड रु २२० दिने गरेको छ । त्यसमा पनि १५ प्रतिशत कर काट्ने गरिएको छ । त्रिविमा देशभरिका एक हजार ४२० आंशिक प्राध्यापक छन् ।