Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

देउवा, ओली र दाहाल बीच चितवनमा वाकयुद्ध हुने संकेत

Thursday, May 11, 2017 National Power

२८ बैशाख, चितवन – बैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा छोरी रेणु दाहालको चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेका छन ।
चितवनको भरतपुर महानगरपालिकामा दाहाल पुत्री रेणु दाहाल मेयरकी उम्मेदवार हुन भने नेपाली कांग्रेससंग तालमेल गरेर माओवादीले मेयरको उम्मेदवार उठाएको हो ।

कांग्रेस र माओवादी गठबन्धनबाट मेयर पदको उम्मेदवार दाहाल पुत्री रेणु दाहाल छिन् भने उपेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छिन्

एमाले अध्यक्ष ओली पनि चितवनमा

यसैबिच एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार बिहान चितवन  पुगेका छन् ।
कांग्रेस र माओवादीले आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न आफ्ना केन्द्रिय सभापति र अध्यक्षलाई चितवन बोलाएको दिन नै एमालेले पनि आफ्नो केन्द्रिय अध्यक्षलाई चितवन बोलाएको हो । आज चुनाव प्रचारप्रसारको अन्तिम दिन देशका ठुला नेताहरु आफ्नो उम्मेदवारको पक्षमा भोट माग्न चितवनमा जम्मा भएका छन । एमालेकी मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्यलाई उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनलाई तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् ।  ।