Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

माओवादी कार्यकर्ताको आक्रमणद्धारा एकको मृत्यु, एक घाइते

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, दोलखा – दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप हुँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१ जुँगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुलबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका बुवा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुन ।झडपमा जुँगुकै निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिलबहादुर बुढाथोकी घाइते भएका छन । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । मंगलबार राति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले बताएका छन् ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष विशाल खड्काले भने दिउँसो माओवादी केन्द्रका सांसद देवी खड्कामाथि आक्रमण भएपछि घटना भएको दाबी गरेकाछन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।