Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

एमालेका नेता समेत भन्छन्, “यसपालीकाे मेराे भाेट विकासप्रेमी ढुङ्गानालाइ”

Tuesday, May 9, 2017 National Power

२६ बैशाख, धादिङ्ग – पछिल्लो समय कुनै पनि लाभको पदमा नभएको भएपनि नीलकण्ठ नगरपालिकाका  नेपाली काँग्रेसका तर्फबाट मेयरका प्रत्यासी भिम प्रसाद ढुङ्गाना जनतामाझ विकास प्रेमी नेताको रुपमा परिचित भएका रहेछन् । नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गरीसकेपछि चुनावी अभियान लिएर गाउँ छिरेका ढुङ्गानालाई नगरपालिकाको प्रत्येक वडाका प्रत्येक नागरिकले निकैनै न्यानो स्वागत मात्र गरेका छैनन्, जिल्लाकै आशा गरिएका नेताको रुपमा समेत हेरिएको व्यक्ति रहेछन् ।

लामो समयसंग स्थानीय निकाय प्रतिनिधि विहिन भएकोले पनि नेताहरुलाइ जनतासंग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर सायदै मिलेको हुन्छ । यस्तोमा को नेता कति पानीमा छन् भन्ने आँकल गर्न सकिएको हुन्न । अझ पछिल्लो २० बर्ष यता नेताहरु जनतासंग स्थानीय समस्याको बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने अवसर कमै पाएका छन् । यस्तोमा नेताहरुले आफ्नो व्यक्तिगत पहुँच र प्रयासमा गरिने विकास निर्माणका आधारमा जनतामाझ केही छाप छोडेको महसुस भएपनि त्यसको प्रभाव कतिको छ भन्ने ठ्याक्कै थाहा पाउने अवस्था रहन्न ।

यस्तोमा मेयरको उम्मेदवारी दर्ता गरेपछि गाउँ छिरेका अन्य पार्टीका उम्मेदवारहरुले जनताबाट तितो प्रतिक्रिया पाईरहँदा ढुङ्गानाले भने ठीक उल्टो विकास प्रेमी नेताको रुपमा जनताबाट न्यानो स्वागत पाइरहेका छन् ।

उनी जहाँ जान्छन् नेपाली काँग्रेसका समर्थकहरुबाट मात्र नभइ अन्य पार्टीका समर्थक तथा नेता कार्यकर्ताहरुबाट समेत मतको आश्वासन पाइरहेका छन् ।

आजै नगरपालिकाको वडा नं ११ स्थित साविकको ज्यामरुङ्ग गाविसमा उनले पाएका न्यानो स्वागत र उनीमाथि जनताले गरेको विश्वास र भरोसाले समेत उनी नेपाली काँग्रेस भित्र मात्र नभएर अन्य पार्टीमाझ पनि उत्तिकै लोकप्रिय नेता भएको पुष्टि गरेको छ । नेकपा एमालेबाट सभासद भइसकेकाहरुले समेत आफ्नो मत ढुङ्गानालाइनै जाने बताइरहँदा उनले हालसम्म गरेको काम र विकास निर्माण प्रतिको प्रतिवद्धता र त्यसमाथिको भरोसाको रुपमा लिन सकिन्छ ।

विगतमा आफ्नो एकल प्रयास र व्यक्तिगत पहूँचको आधारमा पनि स्वाच्छ खानेपानी लगाएत जनतासंग सरोकार राख्ने अन्य विकास निर्माणका कामहरु समेत गरेकाले पनि ढुङ्गाना सबै पार्टीमाझ लोकप्रिय भएका हुन् ।

शब्द ः नवराज दुवाडी (Twitter: @nbibash)

तस्बिर ः कमलराज ढुङ्गाना