Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी, गच्छदारले आजै सपथ ग्रहण गर्ने

Monday, May 8, 2017 National Power


२५ बैशाख, काठमाण्डौँ – नेपाल लोकतान्त्रिक फोरम पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालय सहित सरकारमा सहभागी हुने नेता रामजनम चौधरीले जानकारी दिए । गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्ने र भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने भएको छ । गच्छदारले आजै सपथ ग्रहण गर्नेछन् । अन्य मन्त्रीको टुङ्गो लाग्न बाँकी रहेको चौधरीले जानकारी दिए ।