Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी, गच्छदारले आजै सपथ ग्रहण गर्ने

Monday, May 8, 2017 National Power


२५ बैशाख, काठमाण्डौँ – नेपाल लोकतान्त्रिक फोरम पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालय सहित सरकारमा सहभागी हुने नेता रामजनम चौधरीले जानकारी दिए । गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्ने र भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने भएको छ । गच्छदारले आजै सपथ ग्रहण गर्नेछन् । अन्य मन्त्रीको टुङ्गो लाग्न बाँकी रहेको चौधरीले जानकारी दिए ।