Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भरुवा बन्दुकसहित दुईजना पक्राउ

Monday, May 8, 2017 National Power

२५ बैशाख, लमजुङ – लमजुङ जिल्लाको बेसीशहर नगरपालिका–९ बिम्दा भीरकटेरीबाट बनाउँदै गरेको भरुवा बन्दुकसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

आइतबार राति एक बजे तिर चुनाव केन्द्रीत सुरक्षा योजना अन्तर्गत ‘सर्च अप्रेसन’ का क्रममा २४ वर्षे मनोज विक र उनका भाई १९ वर्षका प्रदीप विक हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ । आरन सञ्चालन गर्दै आएको ठाउँमा बन्दुक बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।उनीहरु पक्राउ परेकाले बाँदर धपाउन बन्दुक बनाएको बताएको प्रहरीले जनाएको छ ।