Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जनताकाे अावश्यकतानै मेराे एजेण्डा : ढुङ्गाना

Sunday, May 7, 2017 National Power

२४ बैशाख, धादिङ्ग – आफ्नो चुनावी प्रचार प्रसारमा रहेका नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम प्रसाद ढुङ्गानाले जनताको आवश्यकता नै आफ्नो एजेण्डा भएको बताएका छन् ।

आज नगरपालिकाको वडा नं १० स्थित भारमाले, हनुमान डाँडा, नयाँगाउँ लगाएतका गाउँमा चुनावी प्रचार गर्ने क्रममा उनले त्यस क्षेत्रमा समस्याका रुपमा रहेको मोटरबाटो, खानेपानी, कृषि सहकारी, यूवा वेरोजगार, कृषकहरुको समस्या, कृषी उत्पादनको बजारीकरणको बारेमा उपयुक्त योजना भएको पनि बताए । साथै उनले यस क्षेत्र पर्यटकीय दृष्ट्रिकोणले समेत सम्भावना बोेकेको क्षेत्र रहेको भन्दै त्यसको लागि आफुले कार्ययोजना बनाएको पनि बताए ।

उक्त क्षेत्रका वासिन्दाले ढुङ्गानालाइ विकास प्रेमी भएको भन्दै विगतमा पदमा वाहल नहुँदा पनि विभिन्न कार्यक्रमहरु मार्फत गाउँमा विकासको लागि योगदान दिएको बताए ।

सो अवसारमा विभिन्न पार्टी परित्याग गरि ६० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेस प्रवेश गर्नेमा एमालेका पुर्व वडा अध्यक्ष, सदस्य तथा हालको राप्रपा गाउँ इकाइ कमिटिमा रहेकाहरु समेत रहेको बताइएको छ ।
विगतमा एमाले माओवादी लगाएतका पार्टीलाइ मतदान गरेकाहरु पनि यस पटक ढुङ्गानाको पक्षमा देखिएका छन् ।