Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अपरिचित समूहले उम्मेदवारको गाडीमा पेट्रोल बम हाने

Sunday, May 7, 2017 National Power

२४ बैशाख, चितवन – चितवनको खैरहनी नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा दुई जनाको अपरिचित समूहले शनिबार राति पेट्रोल बम हानेको छ। वियरको बोतलमा बनाइएको बम हानिएको भए पनि गाडीको केही सिसा मात्रै फुटेको चितवन प्रहरीले जनाएको छ । उनको पार्किङ गरिराखेको बा ८ च १५६२ नम्बरको गाडीमा राति साढे ११ बजे बम प्रहार भएको प्रहरीले जनाएको छ। बम पड्किन नपाएकाले क्षति कम भएको प्रहरीले बताएको छ। बम हान्न दुईजना आएको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ  । यसअघि, शनिबार मात्रै भरतपुरको स्याउली बजारमा माओवादीका उम्मेदवार रेणु दाहालको मामाको घरअगाडि फेला परेको बम प्रहरीले निष्क्रिय पारेको थियो। सोही घरमा दाहाल बसोबास गर्दै आएकी छन् भने सोही क्षेत्रमा एउटा गाडी तोडफोडसमेत भएको थियो।