Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ढुङ्गाना भन्छन् : “जनतालाइ ठूला सपना भन्दा दैनिक समस्याकाे समाधान चाहिएकाे छ ।”

Friday, May 5, 2017 National Power

२२ बैशाख, धादिङ्ग – नीलकण्ठ नगरपालिकाका मेयरमा उम्मेदवार भिम प्रसाद ढुङ्गानाले अाफ्नाे चुनावी प्रचार प्रसार तिव्र पारेका छन् । अाज नगरपालिकाकाे वडा नं १,२,३ र ५ मा घर दैलाे कार्यक्रम गरेका हुन । उनले उक्त क्षेत्रका जनताले भाेग्नु परेकाे खानेपानी, सडक लगाएतकाे समस्याहरूलाइ अाफु मेयर भएमा चाँडै नै समाधान गर्ने अाश्वासन दिएका छन् ।

उक्त क्षेत्रमा जनताले विगत लामाे समयदेखि अाधारभुत अावश्यकताहरूकाे समेत उचित व्यवस्था हुन नसकेकाेमा चिन्ता व्यक्त गर्दै अाफु मेयरमा निर्वाचित भएमा उक्त समस्याकाे समाधान केही महिना भित्रै गरिने वताए । अहिले जनतालाइ ठूला ठूला अाश्वसन दिनु भन्दा पनि जनताले दिनानुदिन भाेग्नु परेकाे समस्या समाधान गर्नु अाफ्नाे पहिलाे दायित्व भएकाे बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति रमेश धमला, पुर्व जिल्ला सभापति रामनाथ अधिकारी लगाएत नेता कार्यकर्ताहरूकाे उपस्थिति थियाे ।