Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

ढुङ्गाना भन्छन् : “जनतालाइ ठूला सपना भन्दा दैनिक समस्याकाे समाधान चाहिएकाे छ ।”

Friday, May 5, 2017 National Power

२२ बैशाख, धादिङ्ग – नीलकण्ठ नगरपालिकाका मेयरमा उम्मेदवार भिम प्रसाद ढुङ्गानाले अाफ्नाे चुनावी प्रचार प्रसार तिव्र पारेका छन् । अाज नगरपालिकाकाे वडा नं १,२,३ र ५ मा घर दैलाे कार्यक्रम गरेका हुन । उनले उक्त क्षेत्रका जनताले भाेग्नु परेकाे खानेपानी, सडक लगाएतकाे समस्याहरूलाइ अाफु मेयर भएमा चाँडै नै समाधान गर्ने अाश्वासन दिएका छन् ।

उक्त क्षेत्रमा जनताले विगत लामाे समयदेखि अाधारभुत अावश्यकताहरूकाे समेत उचित व्यवस्था हुन नसकेकाेमा चिन्ता व्यक्त गर्दै अाफु मेयरमा निर्वाचित भएमा उक्त समस्याकाे समाधान केही महिना भित्रै गरिने वताए । अहिले जनतालाइ ठूला ठूला अाश्वसन दिनु भन्दा पनि जनताले दिनानुदिन भाेग्नु परेकाे समस्या समाधान गर्नु अाफ्नाे पहिलाे दायित्व भएकाे बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति रमेश धमला, पुर्व जिल्ला सभापति रामनाथ अधिकारी लगाएत नेता कार्यकर्ताहरूकाे उपस्थिति थियाे ।