Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

भिम ढुङ्गानाको संकल्प : ५ बर्ष भित्र देशकै विकसित र समृद्ध नगरपालिका

Thursday, May 4, 2017 National Power

आसन्न स्थानीय तहको निर्वाचनमा धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकामा युवा नेता भिम प्रसाद ढुङ्गानाको उम्मेदवारी परेपछि निलकण्ठ नगरवासी उत्साहित भएका छन् । जिल्लाकै सबैभन्दा भरोसा योग्य, कर्मठ राजनीतिक तथा विकासको अनुभव भएको व्यक्ति भएको हुनाले पनि ढुङ्गानाको उम्मेदवारीले नगरवासी उत्साहित भएका हुन् । त्यतीमात्र होईन नगरपालिका भित्रै सबैपार्टीको साझा उम्मेदवार जस्तै गरी आफुलाइ उभ्याउन सफल भएका छन् । यद्यपी अन्य पार्र्टीहरुबाट पनि उम्मेदवार भने खडा भएका छन् ।

आम नगरवासीको नगरवासीको चाहना, लोकप्रियता, विकास निर्माणमा उनको सकृयता, आफ्नो अर्काको नभनी सबै जनताको काममा अहोरात्र खटिने पात्रको रुपमा उनको परिचय बनेको छ । त्यसैले अन्य पार्टीका नेता तथा कार्यकर्ताले समेत उनको कार्यशैली र इमान्दारीतामा औला उठाउने मौका पाएका छैनन् ।

साविकको निलकण्ठ, सांकोस, मुरलीभञ्ज्याङ्ग सुनौलावजार मिलेर बनेको निलकण्ठ नगरपालिकामा पछिल्लो स्थानीय तह पुर्नसंरचना अन्तर्गत ज्यामरुङ, धुँवाकोट र खाल्टे गाविस समेत गाभिएको छ । यसरी हेर्दा निलकण्ठ नगरपालिका भएतापनि यहाँ निकै नै विकट ठाउँ र वस्तीहरु समेत रहेको छ । जहाँ अहिले सम्म मोटरबाटो, खानेपानी विद्यालय लगाएतको राम्रो व्यवस्था हुन सकेको छैन । ।

यस्तोमा मेयरमा आकाक्षी ढुङ्गानाको योजना र एजेन्डाहरु केके छन् त ? ५ बर्ष भित्र नीलकण्ठ नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने भन्दै उनले आफ्नो एजेण्डामा स्पष्ट रहेछन् । उनले आफ्नो एजेण्डा यसरी सुनाए

नगरपालिका भित्र नयाँ संरचना स्थापीत गर्नु
सबैभन्दा पहिला त हामी स्थानीय तहको विल्कुलै नयाँ संरचनाको अभ्यास गर्न गईरहेका छौँ । अहिलेको संविधानमा स्थानीय  तहलाइ असिमित अधिकार दिइएको छ । संघीय कानुनको अधिनमा रही स्थानीय कानुन बनाउनु मेरो विजयी पछीको सबैभन्दा पहिलो दायित्व हुनेछ, किनकी कुनै पनि काम गर्न ऐन कानुनको आवश्यकता पर्दछ । सबैलाई समेटेर स्थानीय स्तरमा यस नगरपालिकामा भएका श्रोत र साधनलाई अत्याधिक परिचालन गरि आम नगरवासीमा विकास र समृद्धिको अनुभव गराउने गरी स्थानीय कानुनको निर्माण गरिनु पर्दछ । हामीले यहाँ भएका श्रोत साधनको प्रयोग गरी यस नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउन सकिने गरी योजना बनाएका छौँ ।

सडक विस्तारमा विशेष जोड
जनताले महशुस गर्ने पहिलो विकास निर्माणको अभियान भनेको भौतिक विकास नै हो यसका लागि हामीले आगामी पाँच बर्ष भित्र केके गर्न सकिन्छ भनेर खाका तयार पारेका छौँ । जस्तो नगरभित्र कतिपय ठाउँमा अझै पनि सडक सन्जाल पुग्न सकेको छैन, त्यस्तो ठाउँमा सडकको विस्तार, विस्तार भएका सडकको स्तरोन्नती, कालोपत्रे गर्ने, साङ्कोष तिप्लिङ सडकलाई पर्यटन मैत्री एवं पर्यटन राजमार्ग  को रुपमा बिस्तार गरिनेछ भने यस नगरपालिकामा रिङ रोड निर्माण गर्ने योजना बनाएका छौँ ।  सदरमुकाम धादिङबेसी देखि अरुघाट जोड्ने मोटरबाटो, सांकोस हुँदै उत्तरी क्षेत्र जाने मोटरवाटो तथा साविकको धुँवाकोट र खाल्टे गाविसमा भएका मोटरबाटो स्तरोन्नती गर्ने तथा नयाँ ट्रयाक खोलिने छ ।

स्वच्छ खानेपानी र सिंचाइ
स्वस्थ्य जीवनका लागि स्वच्छ खानेपानी भन्ने मुल नाराका साथ जिल्ला भित्र सबै बस्तीहरुमा स्वच्छ खानेपानी उपलब्ध गराउनका निम्ति एक घर एक धारा अभियान संचालन गरिने छ । सिचाँइको उचित व्यवस्था गरिनेछ भने भएका सिचाँइ आयोजनाको स्तरोन्नती गरिनेछ ।

आधुनिकिकरणमा जोड
नगरपालिका केन्द्रहरुलाई आधुनिक सुविधा सम्पन्न शहरको रुपमा विकास गरिनेछ । साथै वडा केन्द्रहरुमा स्थानीय बजारको विकास र विस्तार गरिनेछ । नगरपालिका भित्र फ्रि वाइफाइ जोन

कृषी कार्यक्रममा प्राथमिकता, कृषकहरुलाइ विशेष सुविधा
कृषिको आधुनिकीकरण, व्यवसायीकरणका निम्ति नयाँ कृषि प्रविधिको विकास, अनुदान या सहुलियत दरमा कृषि औजार, मल, बिऊ नश्ल सुधार, विषादी, औषधि आदिको सहज आपूर्तिको व्यवस्था उपलब्ध गराइने छ । खेतिपाती, पशुपालन, कृषि एवं पशुजन्य उद्योगका लागि सुलभ ऋणको व्यवस्था गरिने छ । कृषिलाई स्वरोजगारको मूल आधार मान्दै कूल
दुईलाख सम्मको उत्पादनमूलक कृषि व्यवसायीलाई उत्पादनको परिमाण हेरेर थप एकलाख प्रोत्साहन व्यवसाय अनुदान दिने नीति लिइने छ ।

निशुल्क तथा गुणस्तरीय शिक्षा
माध्यामिक शिक्षा निशुल्क र अनिवार्य गरिनेछ । अंग्रेजी माध्यमबाट अध्ययन गराइने छ । कक्षा ८—१२ मा प्राविधिक शिक्षा बनाइने छ । सिमान्तकृत र विपन्नहरुलाई विशेष छात्रवृत्ति र आवसीय सुविधाको अवसर मिलाइने छ ।

गरीबसम्म उपचारको पहुँच, ५० हजारको स्वास्थ्य विमा
नगरपालिका भित्र ५० शैया र गाउँ पालिका भित्र १५ शैयाको सुविधा सम्पन्न हस्पिटलको निर्माण गरिने छ । प्रत्येक नागरिकको ५०,००० सम्मको स्वास्थ्य बिमा गरिनेछ । नागरिकहरुको क्रमशः निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइदै लगिनेछ । प्रत्येक वडामा एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

खेलकुदमय नीलकण्ठ
नीलकण्ठ नगरलाई मुलुककै खेलकुदीय नगरको रुपमा विकास गरिनेछ । यसका लागि आवश्यक राष्ट्रिय स्तरको रङ्गशाला निर्माणको लागि सुनौलाबजार, दोभानटार र वी. पी. नगर साङ्कोषमा सम्भाव्यता अध्ययनका विशेष पहल गरिनेछ ।

वेरोजगार र यूवा लक्षित अुनदानको कार्यक्रम
युवाहरुलाई निश्चित मापदण्डका आधारमा शुन्य व्याजदरमा ऋण उपलब्ध गराउन पहल गरिनेछ । युवाहरुलाई आवश्यक सीप, क्षमता, दक्षता र योग्यता प्रदान गरी आम रोजगारीको सृजना गरिनेछ ।

साथै, स्थानीय, जातीय, साँस्कृतिक तथा विकास प्रविधिहरुको विषयमा अनुसन्धानकेन्द्र स्थापना गरिने छ ।