Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

सबै दललाई निर्वाचनमा सहभागी गराउन सफल भएको दावी:प्रचण्ड

Wednesday, May 3, 2017 National Power


२० बैशाख, काठमाडौँ – सबै दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहभागी गराउन आफू सफल भएको दावी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको पनि स्पष्ट पारेका छन् ।

बुधबार आयोजित राष्ट्रिय योजना आयोगको ३९ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने –‘राष्ट्रिय एकताका साथ सबै दलहरुको संकल्पसहित निर्वाचनमा जाने वातावरण बनाउन पाएकोमा मलाई खुसी र गौरवको अनुभूति भएको छ ।  स्थानीय तहको पहिलो निर्वाचनको उम्मेदवारी मनोनयनमा सबै राजनीतिक दलहरु सहभागी हुनु अत्यन्तै राम्रो राजनीतिक प्रगति हो ।’

सरकारले सुरु देखिनै तराई, मधेश, पहाड, हिमाल सबैलाई समेटेर राष्ट्रिय एकताका साथ निर्वाचन सम्पन्न गराउने पहलकदमी लिँदै आएको प्रधानमन्त्री दाहालले स्मरण गराए ।राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राजनीतिक क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी समेत गरे ।आर्थिक क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको भन्दै प्रधानमन्त्री दाहालले मन्त्रालय, योजना आयोगलगायतका निकायहरुको सामूहिक प्रयासबाट आर्थिक क्षेत्रमा सकारात्मक संकेत आएको बताएका थिए ।