Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सबै दललाई निर्वाचनमा सहभागी गराउन सफल भएको दावी:प्रचण्ड

Wednesday, May 3, 2017 National Power


२० बैशाख, काठमाडौँ – सबै दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहभागी गराउन आफू सफल भएको दावी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, भयरहित र सुरक्षित रुपमा सम्पन्न गर्न सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेको पनि स्पष्ट पारेका छन् ।

बुधबार आयोजित राष्ट्रिय योजना आयोगको ३९ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने –‘राष्ट्रिय एकताका साथ सबै दलहरुको संकल्पसहित निर्वाचनमा जाने वातावरण बनाउन पाएकोमा मलाई खुसी र गौरवको अनुभूति भएको छ ।  स्थानीय तहको पहिलो निर्वाचनको उम्मेदवारी मनोनयनमा सबै राजनीतिक दलहरु सहभागी हुनु अत्यन्तै राम्रो राजनीतिक प्रगति हो ।’

सरकारले सुरु देखिनै तराई, मधेश, पहाड, हिमाल सबैलाई समेटेर राष्ट्रिय एकताका साथ निर्वाचन सम्पन्न गराउने पहलकदमी लिँदै आएको प्रधानमन्त्री दाहालले स्मरण गराए ।राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले राजनीतिक क्षेत्रमा सरकारले उल्लेख्य प्रगति गरेको दावी समेत गरे ।आर्थिक क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको भन्दै प्रधानमन्त्री दाहालले मन्त्रालय, योजना आयोगलगायतका निकायहरुको सामूहिक प्रयासबाट आर्थिक क्षेत्रमा सकारात्मक संकेत आएको बताएका थिए ।