Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो

Friday, April 28, 2017 National Power

१५ बैशाख, पाल्पा – पाल्पा जिल्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो रहेको पाइएको छ। यस आर्थिक वर्षको साउनदेखि हालसम्म एक सय ६९ जनाले स्थायी बन्ध्याकरण गरेको पाइएको छ जसमा महिला एकसय २१ र पुरुष ४८ रहेका छन्।

मानिसमा शिक्षा र चेतनाको विकास हुँदै गएपछि पछिल्लो समय स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या बढ्दो रहेको हो। आव २०७१/७२ मा दुईसय छ महिला र ९४ पुरुष गरी जम्मा तीन सयले स्थायी बन्ध्याकरण गरेका छन् भने आव २०७२/७३ मा एकसय ४४ महिला र एक सय ३९ पुरुष गरी जम्मा दुईसय ८३ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।

नेपालकै तुलनामा पाल्पामा परिवार नियोजनको अवस्था राम्रो रहेको र यहाँ स्थायी र अस्थायी दुवै परिवार नियोजनका साधन प्रयोग गर्ने महिला पुरुषको उल्लेख्य सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको ज्ञवालीले जानकारी दिए।

आव ०७२/७३ मा पिल्स प्रयोग गर्ने महिलाको सङ्ख्या सात हजार आठ सय ५५, डिपो प्रयोग गर्ने महिलाको सङ्ख्या चारहजार एकसय ९०, आइयुसिडी प्रयोग
गर्ने महिलाको सङ्ख्या दुईहजार तीनसय ६४, इम्प्लान्ट प्रयोग गर्नेको सङ्ख्या एकहजार सातसय ९१ रहेको छ।

यस आवमा हालसम्म पिल्स प्रयोग गर्ने दुईहजार ४८, डिपो प्रयोग गर्ने तीन हजार ५३, आइयुसिडी प्रयोग गर्ने दुईहजार तीनसय ८२, इम्प्लान्ट प्रयोग गर्नेको सङ्ख्या दुई हजार ९२ रहेको छ ।