Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गोली चलाएर फरार भएका युवक पेस्तोलसहित पक्राउ

Friday, April 28, 2017 National Power

१५ बैशाख, बागलुङ – मादक पदार्थ सेवन गरी गोली चलाएर फरार भएका एक युवकलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । बुर्तिवाङस्थित होटल न्यू वुटवल थकाली भान्छा घरमा बुधबार उनले गोली चलाएर फरार भएको थिए ।

पक्राउ पर्नेमा बडीगाड–५ का ३३ वर्षीय श्याम रेश्मीमगर रहेका छन् । उनले चलाएको गोली होटलको भित्तामा लागेको थियो । उनलाई बुधबार नै साँझ मध्यपहाडी लोकमार्गको बुर्तिवाङ–भिमगिठेको खप्तरीबाङबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। उनको साथबाट जापानमा बनेको एउटा अटोमेटिक पेस्तोल, दुइवटा म्याग्जिन र ११ वटा गोली बरामद भएको प्रहरीले जनाएको छ ।
मंगलबार पनि रेश्मीमगरले एकजना चालकलाई कुटपिट गरेको खुलेको छ । थुनामा राखेर उनीविरुद्ध बिहीबार प्रहरीले अनुसन्धान म्याद थप गरेको जनाइएको छ ।