Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

दुई हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर

Thursday, April 27, 2017 National Power

१४ बैशाख, दाङ – अझै पनि दुई हजार भन्दा बढी बालबालिका दाङ जिल्लामा विद्यालय भन्दा बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालयले गरेको एक अध्ययनले जिल्लाका २ हजार २ सय ८ जना बालबालिका अहिले विद्यालय भन्दा बाहिर रहेको देखाएको हो ।
ती मध्ये एक हजार ५२ जनाले घरको आर्थिक अवस्थाका कारण विद्यालय छाडेको बताएका छन् । विद्यालय मार्फत गरेको सर्वेक्षणका क्रममा गरिबीका कारण विद्यालय जान नसकेको ती बालबालिकाहरुले बताएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताउनुभयो ।
गरिबीका कारण मात्रै विद्यालय नगएका भने होइनन् । विद्यालय टाढा भएर नगएका १ सय ६२ जना, घरमा भाई बहिनीलाई हेर्नुपर्ने भएका कारण नगएका १ सय १२ जना, पढन मन नलागेर नगएका ४ सय ६ जना बालबालिका रहेका छन् । जिल्लामा ५१ जना शारीरिक अपाङ्गता भएकै कारण विद्यालय जानबाट वञ्चित भएका छन् ।