Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

दुई हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर

Thursday, April 27, 2017 National Power

१४ बैशाख, दाङ – अझै पनि दुई हजार भन्दा बढी बालबालिका दाङ जिल्लामा विद्यालय भन्दा बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालयले गरेको एक अध्ययनले जिल्लाका २ हजार २ सय ८ जना बालबालिका अहिले विद्यालय भन्दा बाहिर रहेको देखाएको हो ।
ती मध्ये एक हजार ५२ जनाले घरको आर्थिक अवस्थाका कारण विद्यालय छाडेको बताएका छन् । विद्यालय मार्फत गरेको सर्वेक्षणका क्रममा गरिबीका कारण विद्यालय जान नसकेको ती बालबालिकाहरुले बताएको जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले बताउनुभयो ।
गरिबीका कारण मात्रै विद्यालय नगएका भने होइनन् । विद्यालय टाढा भएर नगएका १ सय ६२ जना, घरमा भाई बहिनीलाई हेर्नुपर्ने भएका कारण नगएका १ सय १२ जना, पढन मन नलागेर नगएका ४ सय ६ जना बालबालिका रहेका छन् । जिल्लामा ५१ जना शारीरिक अपाङ्गता भएकै कारण विद्यालय जानबाट वञ्चित भएका छन् ।