Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

हावाहुरीले सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति

Thursday, April 27, 2017 National Power

१४ बैशाख, बैतडी – वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुरयाउँदा प्रसूति सेवा बन्द भएको छ ।

आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्य चौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए ।

“हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै सामान भिजेर नष्ट भएका छन्” भने, “सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुगेकाले तत्कालका लागि सुरक्षित प्रसूति सेवा दिन सकिँदैन ।”

सुरक्षित प्रसूति सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उनले बताए ।