Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

धादिङ्गमा चुनावी माहौल तात्यो, नीलकण्ठको मेयरमा ढुङ्गानाको सम्भावना बलियो

Monday, April 24, 2017 National Power

११ बैशाख, धादिङ्ग – आसन्न स्थानीय तहको निर्वाचनमा धादिडको जिल्लाको सबैभन्दा महत्वपुर्ण स्थानीय निकाय नीलकण्ठ नगरपालिकामा चुनावी माहौला तातेको छ । जिल्लाकै सबैभन्दा ठूलो र महत्वपूर्ण स्थानीय निकाय भएको हुनाले यस नगरपालिकामा सबै पार्टीले जिल्ला स्थित आफ्ना प्रभावशाली नेताहरुलाई टिकट दिलाइ उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने दाउमा छन् ।

नीलकण्ठ नगरपालिकामा साविक रुपमा नेपाली काँग्रेसको राम्रो प्रभाव भएको क्षेत्रको रुपमा लिइन्छ । त्यसैले नेपाली काँग्रेसको तर्फबाट यस नगरपालिकाको मेयर बन्नको लागि करिब आधा दर्जन भन्दा बढीले दौडधुप गरिरहेको गरिरहेका छन् ।
यस्तोमा एक जना यस्ता व्यक्तिको नाम पनि मेयर सम्भावित उम्मेदवारको नाम आएको छ, जुन नेपाली काँग्रेस भित्र मात्र नभएर जिल्लामा नै हेविवेट नामको रुपमा लिइएको छ । उनी हुन् भिम प्रसाद ढुङ्गाना ।
ढुङ्गानालाइ जिल्लामा प्रभावशाली नेताको रुपमा लिइन्छ । नेपाली काँग्रेसको झण्डामुनी राजनीति गर्ने भएता पनि उनी जिल्लाभरी सबै पार्टीको माझमा लोकप्रिय छन् ।
विशेष गरी गाउँ गाउँमा गएर संंधै जनताको माझमा रहने, र जनताको सुखदुखलाई नजिकबाट नियाल्ने नेता हुन उनी । त्यसैले पनि आगामी स्थानीय तहको निर्वाचनमा निलकण्ठ नगरपालिकामा ढुङ्गाना हुनुपर्ने भन्दै यस भेगका वासिन्दाले आवाज उठाउन थालेका छन् । नीलकण्ठ नगरपालिकालाइ देशकै नमूना नगरपालिका बनाउने योजना र कार्यक्षमता भएका व्यक्तिको रुपमा यस क्षेत्रका जनताले लिन थालेका छन् ।
त्यसो त नेपाली काँग्रेसबाट मात्र करिब आधा दर्जनको हाराहारीमा योग्य व्यक्तिहरु मेयरको अकांक्षी रहेका छन् । ढुङ्गाना संगै नारायण कुमार श्रेष्ठ, झम्क नारायण श्रेष्ठ, दीपक कोइराला, सम्भु सिंह ठकूरी लगाएतले मेयरको दावी गरेका छन् ।

तालमेलको तयारी
यसैवीच नेपाली काँग्रेस र माओवादी केन्द्रले जिल्लाभरीनै तालमेलको तयारी गरेको बुझिएको छ । पुर्व जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार माओवादी केन्द्रसंगको तालमेलको बारेमा कुराकारी भए पनि निर्णय भने भइनसकेको बताए । उनका अनुसार विशेष गरी निलकण्ठ नगरपालिका र धुनीवेशी नगरपालिकामा माओवादी केन्द्रसंग तालमेलको बारेमा कुरा भएको बताए ।