Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

धादिङ्गमा चुनावी माहौल तात्यो, नीलकण्ठको मेयरमा ढुङ्गानाको सम्भावना बलियो

Monday, April 24, 2017 National Power

११ बैशाख, धादिङ्ग – आसन्न स्थानीय तहको निर्वाचनमा धादिडको जिल्लाको सबैभन्दा महत्वपुर्ण स्थानीय निकाय नीलकण्ठ नगरपालिकामा चुनावी माहौला तातेको छ । जिल्लाकै सबैभन्दा ठूलो र महत्वपूर्ण स्थानीय निकाय भएको हुनाले यस नगरपालिकामा सबै पार्टीले जिल्ला स्थित आफ्ना प्रभावशाली नेताहरुलाई टिकट दिलाइ उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने दाउमा छन् ।

नीलकण्ठ नगरपालिकामा साविक रुपमा नेपाली काँग्रेसको राम्रो प्रभाव भएको क्षेत्रको रुपमा लिइन्छ । त्यसैले नेपाली काँग्रेसको तर्फबाट यस नगरपालिकाको मेयर बन्नको लागि करिब आधा दर्जन भन्दा बढीले दौडधुप गरिरहेको गरिरहेका छन् ।
यस्तोमा एक जना यस्ता व्यक्तिको नाम पनि मेयर सम्भावित उम्मेदवारको नाम आएको छ, जुन नेपाली काँग्रेस भित्र मात्र नभएर जिल्लामा नै हेविवेट नामको रुपमा लिइएको छ । उनी हुन् भिम प्रसाद ढुङ्गाना ।
ढुङ्गानालाइ जिल्लामा प्रभावशाली नेताको रुपमा लिइन्छ । नेपाली काँग्रेसको झण्डामुनी राजनीति गर्ने भएता पनि उनी जिल्लाभरी सबै पार्टीको माझमा लोकप्रिय छन् ।
विशेष गरी गाउँ गाउँमा गएर संंधै जनताको माझमा रहने, र जनताको सुखदुखलाई नजिकबाट नियाल्ने नेता हुन उनी । त्यसैले पनि आगामी स्थानीय तहको निर्वाचनमा निलकण्ठ नगरपालिकामा ढुङ्गाना हुनुपर्ने भन्दै यस भेगका वासिन्दाले आवाज उठाउन थालेका छन् । नीलकण्ठ नगरपालिकालाइ देशकै नमूना नगरपालिका बनाउने योजना र कार्यक्षमता भएका व्यक्तिको रुपमा यस क्षेत्रका जनताले लिन थालेका छन् ।
त्यसो त नेपाली काँग्रेसबाट मात्र करिब आधा दर्जनको हाराहारीमा योग्य व्यक्तिहरु मेयरको अकांक्षी रहेका छन् । ढुङ्गाना संगै नारायण कुमार श्रेष्ठ, झम्क नारायण श्रेष्ठ, दीपक कोइराला, सम्भु सिंह ठकूरी लगाएतले मेयरको दावी गरेका छन् ।

तालमेलको तयारी
यसैवीच नेपाली काँग्रेस र माओवादी केन्द्रले जिल्लाभरीनै तालमेलको तयारी गरेको बुझिएको छ । पुर्व जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार माओवादी केन्द्रसंगको तालमेलको बारेमा कुराकारी भए पनि निर्णय भने भइनसकेको बताए । उनका अनुसार विशेष गरी निलकण्ठ नगरपालिका र धुनीवेशी नगरपालिकामा माओवादी केन्द्रसंग तालमेलको बारेमा कुरा भएको बताए ।