Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

सान्टियागाे बर्नवाउमा मेसीकाे सान्, लिग उपाधि दाैड खुला

Monday, April 24, 2017 National Power

११ बैशाख, मड्रिड – लिग उपाधिकाे हाेडमा रहेका रियल मड्रिडलाइ चीर प्रतिद्वन्दी वार्सिलाेनाले सान्टियागाे बर्नवाउमै पराजित गरेकाे छ । याे संगै स्पानिस लिगकाे उपाधि हाेड खुला भएकाे छ ।

एलक्लासिकाे नामले चर्चित यी दुइकाे सिजनकाे अन्तिम लिग भिडण्त अन्तर्गत मड्रिडले बार्सालाइ सान्टियागाे बर्नवाउमा अातिथ्यता गरेकाे थियाे ।

घरेलु मैदानमा खेलकाे २८ अाैँ मिनेटमा कासिमिराेले गाेल गर्दै घरेलु टाेलीलाइ अग्रता दिलाएका थिए । त्यसकाे ५ मिनेट पछिनै स्टार स्ट्राइकर लियाेनल मेसीले गाेल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए । याे संगै पहिलाे हाफ बराबरीमा टुङ्गिएकाे थियाे ।

दाेश्राे हाफकाे ७३ अाै मिनेटमा राकिटिचले गाल गर्दै पाहुना टाेलीलाइ २–१ काे अग्रता दिलाए । लगत्तै मड्रिडलाइ अर्काे झड्का लाग्याे । उसका कप्तान तथा भरपर्दा डिफेन्डर रामाेसले मेसीलाइ फल गरेपछि सिधै राताकाे काडर् खाँदै मैदान बाहिर गए ।

तर खेल सकिन ५ मिनेट बाँकी छँदा घरेलु टाेलीका लागि सब्सिच्युट खेलाडी जेम्स राेड्रिगेजले गाेल गर्दै खेल बराबरीमा ल्याए । तर इन्जुरी समयमा मेसीले व्याक्तिगत दाेश्राे तथा टिमका लागि तेश्राे गाेल गरेपछि पाहुना टाेली विजयी भएकाे हाे ।

विजयीसंगै लिग हाेड खला भएकाे छ । एक खेल कम खेलेकाे मड्रिड र बार्साकाे अंक बराबरी छ ।