Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

केन विलियम्सको व्याटिङमा दिल्ली स्तब्ध

Thursday, April 20, 2017 National Power

७ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा दिल्ली डेयरडेविल्स विरुद्ध सनराइजर हैदरावाद विजयी भएको छ । हैदरावादको राविजव गान्धी अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १९१ रनको योगफल तयार पारेको थियो ।

हैदरावादले विशाल योगफल तयार पार्ने क्रममा उसका लागि न्यजिल्याण्डका कप्तान तथा यस सिजनमा पहिलो पटक खेलिरहेका केन विलियम्सले सर्वाधिक ८९ रन बनाए भने ओपनर शिखर धवनले ७० रनको योगदान दिएका थिए । फर्म रहेका कप्तान डेविड वार्नरलाई ४ रनमा गुमाएको हैदरावादका लागि विलियम्स र धवन विच तेश्रो विकेटका लागि १३६ रनको साझेदारी भएको थियो । दिल्लीका लागि चारै विकेट क्रिस मौरिसले लिएका थिए ।
जवाफमा १९२ रनको विजयी लक्ष्य लिएर मैदानमा ओर्लेको दिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र १७६ रन बनाउँदा हैदरावादलाई १५ रनले नजिता सुम्पेको हो । दिल्लीका लागि श्रेयस ऐयरले सर्वाधिक ५० रन बनाउँदा सन्जु सामसनले ४२ रन बनाए । हैदरावादका लागि आइपिएलका पहिलो म्याच खेलिरहेका मोहमद सिराजले २ विकेट लिँदा सिदार्थ कौल र युवराज सिंहले १–१ विकेट लिएका थिए ।