Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु

Thursday, April 20, 2017 National Power


७ बैशाख, सिन्धुली – सिन्धुलीको पिपलभञ्ज्याङको बिपी राजमार्गअन्तर्गत बुधबार एक टाटा सुमो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। काठमाण्डौंबाट बर्दिबासतर्फ जाँदै गरेको ना १ ज ५४४४ नंको सुमो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ।

मृत्यु हुनेमा जयकुमार यादव र सरोज मण्डल रहेका छन् । तर उनीहरुको ठेगाना भने खुल्न सकेको छैन। दुर्घटनामा धनुषा बलबखर–१ निवासी १९ वर्षीय जितनारायण यादव, सोही ठाउँकै ४० वर्षीय आश्विन यादव, सोही ठाउँकै २० वर्षीय सुरेन्द्र राय यादव र बलबखर–८ निवासी राकेश यादव घाइते भएका छन्। गम्भीर घाइते धनुषाकै सपही–२ निवासी २२ वर्षीय रामवरण मण्डललाई वीरअस्पताल, काठमाडौँमा उपचारका लागि पठाइएको छ।

अन्य चारजनाको भने सिन्धुली अस्पतालमा उपचार भइरहेको, तीनजनाको घटनास्थलबाट उद्धार गरी बर्दिवासतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घटनास्थलमा नै ज्यान गुमाएका दुईजना पुरुषको टिकटका आधारमा नाम खुलेपनि ठेगाना खुल्न नसकेको र सुमो घुम्तीबाट करिब तीनसय मिटर तल खसेको छ। रातु कमलामाई यातायात सेवा समितिको  सुमो गाडी दुर्घटना भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको  छ।